प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल « Khabarhub

प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरू प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका छन् । 

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठेरोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका हुन् ।

सीमाका विषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ । 

त्यस्तै सांसद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा रहेका बेला जबरजस्त सदन चलाउने सभामुखको कदम उचित नभएको बताए । उनले सदन सञ्चालनका लागि जिम्मेवार बन्न सभामुखलाई सुझाव समेत दिए ।  

विपक्षीलाई पेलेर जबरजस्ती सदन चलाउन खोजे दुर्घटना हुने उनको भनाइ छ । 

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ५ : २२ बजे

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको