समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक, परिवार तथा आफन्तका नाममा लुकाइएको सम्पत्तिबारे सूचना माग « Khabarhub

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक, परिवार तथा आफन्तका नाममा लुकाइएको सम्पत्तिबारे सूचना माग


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूले लुकाएको सम्पत्ति बारे सूचना माग गरेको छ । 

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व फर-फारक, ऋण असुली, सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

अन्यथा कानुन बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ । यस्तै समितिले सार्वजनिक विवरणमा फरक पर्न गएको वा अद्यावधिक नभएको भएमा समितिको कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ । 

२३ समस्याग्रस्त सहकारी सञ्चालकहरूको विवरण यस्तो छ : 

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ११ : १६ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको