विष्णु पौडेलले भने- यो ढंगले पार्टी अगाडि बढ्न सक्दैन, पुनर्गठन गरौं « Khabarhub

विष्णु पौडेलले भने- यो ढंगले पार्टी अगाडि बढ्न सक्दैन, पुनर्गठन गरौं


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको वर्तमान कार्यशैली र संगठनात्मक संरचनामा पुनर्विचार आवश्यक रहेको बताएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा बोल्दै पौडेलले एमाले अहिले जसरी सञ्चालन भइरहेको छ, त्यही ढंगले अगाडि बढ्न नसक्ने निष्कर्षमा पार्टी पुगेको बताए। उनले संगठनात्मक जीवनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि कार्यदल गठन गरिएको जानकारी दिए।

‘हाम्रो पार्टी अहिले जसरी सञ्चालन भइरहेको छ, त्यही रूप र ढंगले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ। पार्टीको संगठनात्मक जीवनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता छ,’ पौडेलले भने, ‘निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्न तथा पुनर्गठनसम्बन्धी प्रस्ताव ल्याउन कार्यदल निर्माण गरिएको छ। कार्यदलले त्यसअनुसार काम अगाडि बढाइरहेको छ।’

पौडेलको अभिव्यक्ति अध्यक्ष ओलीकै उपस्थितिमा आएको भन्दै कार्यक्रममा सहभागीहरूको विशेष ध्यान आकर्षित भएको थियो। उनले पार्टीलाई थप प्रभावकारी र सुदृढ बनाउन सङ्गठनात्मक सुधार आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १२ : ५५ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन् – करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि