पत्रकार नन्दुर गेलाङका परिवारलाई दुर्घटना बीमा « Khabarhub

पत्रकार नन्दुर गेलाङका परिवारलाई दुर्घटना बीमा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- गत जेठ २९ गते गाडीको ठक्करबाट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक स्व नन्दबहादुर गेलाङका परिवारलाई दुर्घटना बीमा प्रदान गरिएको छ ।

कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा सोमबार आयोजित ‘पत्रकार दुर्घटना बीमा चेक हस्तान्तरण’ कार्यक्रममा स्व‍ पत्रकार गेलाङकी धर्मपत्नी टीका गेलाङलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संयुक्तरूपमा दुई लाख ५० हजारको चेक हस्तान्तरण गरे ।

दुर्घटना बीमास्वरुपको उक्त रकम राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको थियो । कानूनमन्त्री भण्डारीले समाज विकासका क्रममा अहोरात्र खट्ने कर्णालीका पत्रकार तथा आश्रित परिवारको पीडामा मल्हम लगाउने हेतुले श्रमजीवी पत्रकारका लागि जनही तीन लाखको दुर्घटना बीमा गरिएको बताए ।

‘आश्रित परिवारका लागि रु दुई लाख ५० हजार ठूलो रकम होइन’, उनले भने, ‘यद्यपि सानो राशि भए पनि प्रदेश सरकारले पीडामा मल्हम लगाउने प्रयास गरेको छ ।’

पत्रकारहरुका साथै प्रदेश सरकारले १७ लाख ७० हजार नागरिकको विपद् जोखिमलाई ध्यानमा राखेर दुर्घटना बीमा कार्यक्रम अघि बढाइएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कर्णाली प्रदेश सरकारले मुलुकमा भिन्न काम गरेको प्रतिक्रिया दिए । बीमा कम्पनीका शाखा प्रमुख तोर्ण सुवेदीले कर्णालीका २८७ पत्रकारको तीन लाखको दुर्घटना बीमा गरिएको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ५५ बजे

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,