पत्रकार नन्दुर गेलाङका परिवारलाई दुर्घटना बीमा « Khabarhub

पत्रकार नन्दुर गेलाङका परिवारलाई दुर्घटना बीमा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- गत जेठ २९ गते गाडीको ठक्करबाट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक स्व नन्दबहादुर गेलाङका परिवारलाई दुर्घटना बीमा प्रदान गरिएको छ ।

कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा सोमबार आयोजित ‘पत्रकार दुर्घटना बीमा चेक हस्तान्तरण’ कार्यक्रममा स्व‍ पत्रकार गेलाङकी धर्मपत्नी टीका गेलाङलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संयुक्तरूपमा दुई लाख ५० हजारको चेक हस्तान्तरण गरे ।

दुर्घटना बीमास्वरुपको उक्त रकम राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको थियो । कानूनमन्त्री भण्डारीले समाज विकासका क्रममा अहोरात्र खट्ने कर्णालीका पत्रकार तथा आश्रित परिवारको पीडामा मल्हम लगाउने हेतुले श्रमजीवी पत्रकारका लागि जनही तीन लाखको दुर्घटना बीमा गरिएको बताए ।

‘आश्रित परिवारका लागि रु दुई लाख ५० हजार ठूलो रकम होइन’, उनले भने, ‘यद्यपि सानो राशि भए पनि प्रदेश सरकारले पीडामा मल्हम लगाउने प्रयास गरेको छ ।’

पत्रकारहरुका साथै प्रदेश सरकारले १७ लाख ७० हजार नागरिकको विपद् जोखिमलाई ध्यानमा राखेर दुर्घटना बीमा कार्यक्रम अघि बढाइएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कर्णाली प्रदेश सरकारले मुलुकमा भिन्न काम गरेको प्रतिक्रिया दिए । बीमा कम्पनीका शाखा प्रमुख तोर्ण सुवेदीले कर्णालीका २८७ पत्रकारको तीन लाखको दुर्घटना बीमा गरिएको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ५५ बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको