पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो « Khabarhub

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा सीमाङ्कन समस्या समाधानार्थ प्रक्रिया थालिए पनि बीचमै छाडिएको छ ।

विसं २०८१ साउनमा दुई जिल्लाको चार नगरका जनप्रतिनिधि सम्मिलित गठित समितिले सीमास्थलको अनुगमन–निरीक्षण गरी प्रारम्भिक प्रतिवेदन तयार पारे पनि प्रतिवेदन कार्यान्वयनमा नल्याउँदा सीमास्थल छुट्याउने कार्य अलपत्र अवस्थामा रहेको हो ।

त्यतिबेला दुई जिल्लाका चार नगरका जनप्रतिनिधिले समितको प्रतिवेदन बुझ्दै अनुगमन–निरीक्षणसमेत गर्नुभएको थियो । नगरकोट काभे्रपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नपा तथा भक्तपुरको चाँगुनारायण नपा र शङ्खरापुुर नपाको सङ्गमस्थल पनि हो ।

‘सबैले प्रतिवेदन अध्ययन गरेपछि पुनः छलफल गरी सीमाङ्कनका तथ्यमा गइने बताएका थिए, नेपाली सेनाको तालिमस्थल तथा केही संवेदनशील क्षेत्र देखिएपछि समिति निस्क्रियप्रायः भयो’, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले भने ।

त्यतिबेला समितिले अनुगमन निरीक्षणबाट मिमाङ्कन समस्या समाधानका उपाय र विकल्पबारे प्रारम्भिक प्रतिवेदन बुझाए पनि कार्यान्वयनमा भने आनाकानी गरेपछि प्रक्रिया रोकिएको शाक्यको भनाइ छ ।

समितिमा तत्कालीन नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा गठित समितिमा चारै नगरका वडाध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौँ, काभे्रपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक थिए ।

उक्त समितिलाई व्यवस्थापनमा आवश्यक सहयोग स्थानीय नाल्दुम–नगरकोट विकास समितिलेसमेत गरेको थियो । चार नगरबीच सीमाङ्कनबारे पटकपटक बसेको बैठक तथा छलफलपछि समिति गठन गर्ने निर्णयसमेत गरेको हो ।

मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाका अनुसार समितिको प्रतिवेदनका आधारमा थप छलफल गरी सीमाङ्कनको थप प्रक्रिया अघि बढाइने जनाइएको थियो । नगरकोटमा ‘पानी ढलो’का रूपमा काभ्रेपलाञ्चोक र भक्तपुर सीमा पर्ने मौखिकरुपमा बताइँदै आइएको थियो ।

यसैबीच नगरकोटका होटल व्यवसायीलाई काभे्रपलाञ्चोकका सांसद बदन भण्डारीले नगरकोटका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको संरचना अहिलेदेखि नै भत्काउन सुझाव दिएका छन् ।

‘नगरकोटमा सरकारी तथा सार्वजनिक जग्गा अझित्रमण गरेको भए आफैँ भत्काउनुहोस्, नत्र अब डोजर चल्छ’, भण्डारीले भने । यसअघि भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धतासमेत जनाइएको थियो ।

लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमासमेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरबीचको विवाद दीर्घकालीनरूपमा समाधान गरिएको थियो । उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको सीमाङ्कनन एवं यस क्षेत्रको पर्यटन विकासका लागि दुवै नगर संयुक्त भएर कार्य गर्ने सहमतिसमेत भएको थियो ।

यस्तै नगरकोटका ठूला होटलले नै सार्वजनिक जग्गा हड्पी भवन नै बनाएर होटल सञ्चालन गरेको विषयमा समेत विवाद हुँदै आएकाले विद्यमान सबै समस्या समाधान गर्ने र त्यस स्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले चाँगुनारायणका नगर प्रमुख जीवन खत्री र मण्डनदेउपुरका नगर प्रमुख वाइवासहितको टोलीबीच सहमति गरिएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १० : २७ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७