नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने « Khabarhub

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृंखलाअघि जर्सीसँग दुईवटा एकदिवसीय खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र जर्सीबीच जुलाई १३ र १५ (असार २९ र ३१) मा दुई एकदिवसीय खेल हुने तय भएको हो । खेलअघि नेपाली टोलीले जर्सीको एनसिसी ग्रानभिलमा विशेष तयारी क्याम्पसमेत सञ्चालन गर्ने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोली १८ वर्षपछि जर्सी जान लागेको हो । यसअघि सन् २००८ मा नेपालले ब्रिटिश टापु जर्सीमा विश्व क्रिकेट लिग डिभिजन–५ खेलेको थियो, जहाँ सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएपछि नेपालको यात्रा टुङ्गिएको थियो । सोही प्रतियोगिताको समूह चरणमा मोजाम्बिकविरुद्ध नेपालका बलर महबुब आलमले एक्लै १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए । आइसिसीको आधिकारिक प्रतियोगितामा कुनै पनि खेलाडीले १० विकेट लिएको त्यो पहिलो ऐतिहासिक अवसर थियो ।

जर्सीको तयारीपछि नेपाली टोली लिग–२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेदरल्यान्ड्समा नेपाल, घरेलु टोली र नामिबियाबीच त्रिकोणात्मक शृंखला हुनेछ, जुन नेपालका लागि लिग–२ को दोस्रो अन्तिम शृंखला हो । नेपालले जुलाई २१ मा नामिबियाविरुद्ध खेल्दै शृंखलाको सुरुवात गर्नेछ । त्यसपछि जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने लिग-२ को तालिका छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ७ : १८ बजे

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा