भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

एसिसी महिला प्रिमियर कप

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल भुटानविरुद्ध ब्याटिङ गर्दैछ । मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा टस जितेर भुटानले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो ।

आक्रामक बलिङ गरेको भुटानले दुई ओभरको समाप्तिमा दुई विकेट हात पारिसकेको छ । बिन्दु रावललाई शून्यमा गुमाएको नेपालले सम्झना कुमारीलाई १० रन बनाउँदा गुमाएको छ । अहिले क्रिजमा पूजा महतो र सोनी पाख्रिन छन् ।

बुधबार पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको नेपाल आज दोस्रो खेलमा विजयी हुने लक्ष्यसहित मैदानमा छ ।

बुधबार भएको पहिलो खेलमा कतारले दिएको ७७ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालले १० ओभर ५ बलमा दुई विकेटको क्षतिमा ७८ रन बनाउँदै पहिलो जित निकालेको हो ।

प्रतियोगितामा नेपालले अर्को खेलमा शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ७ : ३३ बजे

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा