संस्थापनको कारबाही र लखेटाइले कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्यो : धवलशमशेर राणा « Khabarhub

संस्थापनको कारबाही र लखेटाइले कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्यो : धवलशमशेर राणा


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्  ।  

बिहीबार काठमाडौंमा पत्रकार सम्मलेनमार्फत राणाले पार्टी राप्रपा परित्याग गरेको औपचारिक घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने जानकारी दिएका हुन् । 

उनले समयको पदचाप र जनभावना अनुरूप, विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणको अभियान शुभारम्भका लागि राजनीतिक दल नै गठन गरेर अघि बढ्ने बताए । 

संस्थापनले नेता, कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्ने गरी लखेटिरहने, कारबाही गरिरहने, अन्यायविरुद्ध बचाउमा लागिरहनु पर्ने मात्रै काम पछिल्लो चार वर्षमा भएको उनले बताए । 

उनले निजी स्वार्थमा संस्थापनबाट नै स्वः पक्षीय गुट बनाइएको र वैचारिक आदर्शसँग धोका र खेलबाड प्रतिबिम्ब भएको आरोप लगाए ।

राणाले देश विदेशमा रहेका नेपालीहरूले विश्वसनीय राष्ट्रवादी शक्तिको रिक्तता पूर्ति गर्न सल्लाह दिएकाले जनस्तरबाट प्राप्त सद्भाव र विश्वासलाई आत्मसाथ गर्दै समयको माग र राष्ट्रको आवश्यकताअनुरूप एक कर्मनिष्ठ राष्ट्रवादी राजनीतिक दलको नवनिर्माणको प्रक्रियाको थालनी भएको उल्लेख गरे ।

संवैधानिक राजसंस्थात्मक जनप्रतिनिधिमूलक आधुनिक प्रजातान्त्रिक राज्य प्रणाली तथा हिन्दु, बौद्ध, किरात सहितको सनातनी पहिचान अव बन्ने पार्टीको आधारशिला रहने उनले जानकारी दिए ।

उनले युवा र महिलालाई केन्द्रीय कार्यसमिति लगायत समितिहरूमा ६० प्रतिशत भूमिका सुनिश्चित गर्दै अग्रजहरूलाई सल्लाहकार एवं प्रबुद्ध वर्गको सम्मानमा राख्ने बताए । 

युवा र महिलाहरू जिल्लास्तरबाट समेत केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने संरचना रहने उनको भनाइ छ । नयाँ पार्टीमा दुर्गा प्रसाईँको अभियानलगायतका अन्य शक्तिहरू पनि एकताबद्ध हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ३ : ३१ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण