एशियाली खेलकुदको छनौटमा नेपालद्वारा मलेशिया १६७ रनले पराजित « Khabarhub

एशियाली खेलकुदको छनौटमा नेपालद्वारा मलेशिया १६७ रनले पराजित


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एशियाली खेलकुदको छनौट प्रतियोगितामा नेपालले मलेशियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले दिएको २ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमा समेटियो ।

मलेशियाका लागि कप्तान सइद अजीजले ४५ बलमा ५४ रन बनाए । त्यस्तै, शरविन मुनियान्दीले १८ र मुहम्मद हजिक अइमानले १३ रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

नेपालका लागि शेर मल्लले ३ तथा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान एक विकेट लिए ।

त्यअघि टस जितेर मलेशियाले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७५ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा १ सय २६ रन बनाए । यस क्रममा उनले १४ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै, आशिफ शेखले २४ बलमा ६८ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए ।

बलिङतर्फ विरानदीप सिंहले तीन तथा सइन अजीज र विजय उन्नीले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ३ : ५९ बजे

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो

खैरो हेरोइनसहित चारजना पक्राउ

भद्रपुर– शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चारजना पक्राउ परेका

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापा– जिल्लाभर गत आर्थिक वर्ष  २०८२-८३ मा सात लाख ६१

अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

जनकपुरधाम– गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको