महिलाका सवाललाई संसद्‌भित्र थप प्रभावकारी बनाउनुपर्ने « Khabarhub

महिलाका सवाललाई संसद्‌भित्र थप प्रभावकारी बनाउनुपर्ने


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले नवगठित महिला समन्वय समितिले लैङ्गिक समानता, महिला सशक्तीकरण र महिला अधिकारसँग सम्बन्धित सवाललाई संसद्‌भित्र थप प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएका छन् । 

उनीहरूले आज राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसँग भेट गरी नीतिगत बहसलाई थप सशक्त बनाउन समितिले संसद्‌भित्र महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका थिए। समितिको कार्यक्षेत्र, प्राथमिकता, कार्ययोजना तथा आगामी कार्यविधि निर्माणका सम्बन्धमा गृहकार्य गर्नुपर्ने महिला सांसदहरूको भनाइ छ ।

सोही अवसरमा उपाध्यक्ष भण्डारीले समितिको गठन र सदन सञ्चालनका लागि आवश्यक सहकार्य तथा समन्वयमा आफू सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गरे। 

उनले महिला समन्वय समितिलाई केबल औपचारिक संरचनाका रूपमा मात्र सीमित नराखी महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्चका रूपमा विकास गर्नुपर्ने बताएका थिए।
 

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ६ : ५९ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको