भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना | Khabarhub Khabarhub

भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन्। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

९० वर्षीय उनको अवस्था गम्भीर रहेको र मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

स्वर कोकिलको उपमा पाएकी गायिका मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले भनेका छन्– ‘लता जीलाई भाइरल इन्फेक्सन भएको छ, उनको उमेरलाई ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको हो। उनको स्वास्थ्य स्थिति स्थिर र सुधार रहेको छ ।’

उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो । समाचार एजेन्सी पीटीआईले जनाएअनुसार उनको अवस्था गम्भीर रहेको र आईसीयूमा राखेर उपचार थालिएको छ ।

भारत रत्नद्वारा विभुषित लता मंगेशकर भारतीय सिनेमा जगतकै सर्वश्रेष्ठ गायिका मानिन्छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : २४ बजे

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च