अमेरिकासँग तनावले मानसिक दबाबमा इरानी खेलाडी, भन्छन् : देशको झन्डा ओढेर खुसी दिन सक्छौँ « Khabarhub

अमेरिकासँग तनावले मानसिक दबाबमा इरानी खेलाडी, भन्छन् : देशको झन्डा ओढेर खुसी दिन सक्छौँ


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकासँगको तनावका कारण इरानका खेलाडीहरू मानसिक दबाब झेलिरहेका छन्। मिडफिल्डर सईद एजातोलाहीले बुधबार टर्कीमा विश्वकप तयारी गरिरहँदा आफ्नो देश र आयोजक राष्ट्रबीचको तनावपूर्ण अवस्थाले खेलाडीहरूलाई मानसिक रूपमा गाह्रो बनाइरहेको स्वीकारेका छन् ।

‘साँचो भन्नुपर्दा, यो सजिलो छैन,’ २९ वर्षीय एजातोलाहीले बताए। विश्वकपको करिब १०० वर्षको इतिहासमा पहिलो पटक आयोजक देश र सहभागी राष्ट्रबीच युद्धजस्तो तनाव देखिएको पनि उनले उल्लेख गरे।

उनले भने, ‘हामी लगातार देशको समाचार पछ्याइरहेका हुन्छौँ । राजनीतिक अवस्थाले खेलाडी र आम मानिसको मानसिकतामा असर पार्छ।’

एजातोलाही, जसले सन् २०१८ र २०२२ को विश्वकप पनि खेलेका थिए । एपीसँग टर्कीको एन्टालिया प्रशिक्षण शिविरमा उनले कुरा गरेका हुन्। इरान टिम करिब दुई हप्तादेखि त्यहीँ अभ्यास गरिरहेको छ।

भिसा समस्या र प्रशिक्षण स्थान परिवर्तन

टिमका केही खेलाडीहरू अमेरिकी दूतावासमा भिसा आवेदन दिन अंकारा (टर्कीको राजधानी) पनि गएका थिए। भिसा प्रक्रिया ढिलो हुँदा इरानको प्रशिक्षण शिविरलाई अमेरिका (एरिजोना) बाट मेक्सिकोको टिहुआनामा सारिएको छ।

टिमले यस हप्ता सबै खेलाडीका प्रवेश अनुमति प्रक्रिया पूरा भएको जानकारी दिएको छ। अब टोली मेक्सिकोमा आफ्नो तयारी जारी राख्दै सप्ताहन्तमा त्यहाँ जाने तयारीमा छ।

अमेरिका प्रवेश र खेल तालिका

इरान टोलीलाई जुन १४ सम्म अमेरिका प्रवेश गर्न आवश्यक छैन। त्यसको एक दिनपछि उनीहरूले पहिलो खेल न्युजिल्यान्डविरुद्ध लस एन्जलसको इंगलउडस्थित स्टेडियममा खेल्नेछन्।

लस एन्जलसमा ठूलो इरानी समुदाय रहेकोले खेलमा ठूलो दर्शक उपस्थिति हुने अपेक्षा गरिएको छ। एजातोलाहीले भने, ‘त्यो हाम्रो लागि दबाब पनि हो, किनकि अपेक्षा धेरै हुनेछ।’

पहिलो विश्वकप अनुभव र राष्ट्रिय अपेक्षा

पहिलो पटक विश्वकप खेलिरहेका २४ वर्षीय मोहम्मद घोरबानीले पनि परिस्थिति चुनौतीपूर्ण भएको स्वीकार गरेका छन्। ‘हामी खेलाडी हौं, हामीले खेल्नुपर्छ र तयारी गर्नुपर्छ,’ उनले एपीसँग फर्सी भाषामा भने।

देशमा भइरहेको कठिन परिस्थितिलाई सम्झिँदै उनीहरू खेलमार्फत् जनतालाई खुसी दिन तयार रहेको उनले बताएका छन्।

टोलीको सन्देश

एजातोलाहीले आफू राष्ट्रिय टोलीको हिस्सा भएकोमा गर्व महसुस गरेको बताए। उनले भने, ‘हाम्रो लक्ष्य भनेको देशका लागि लड्नु, प्रतिनिधित्व गर्नु र हाम्रो क्षमता देखाउनु हो।’

घोरबानीले पनि टोली एकताबद्ध रहेको बताउँदै भने, ‘हामी एउटै झण्डामुनि रहेको एक टोली हौं, जसले देशलाई खुसी दिन सक्छ।’

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १ : ५० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका