कुलमान भन्छन्- रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौँ « Khabarhub

कुलमान भन्छन्- रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौँ


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्याण्डेड विपरीतको काम गरे प्रतिवाद गर्ने बताएका छन् । 

उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले परिवर्तनको लागि जनताबाट दुई तिहाइ मत पाएर बनेको सरकार सफल हुनुपर्ने भन्दै सरकारले जनता निराश हुने काम गरे प्रतिवाद गर्ने बताएका हुन् । उनले करसम्बन्धी सरकारको नयाँ व्यवस्था अव्यवहारिक भएको धारणा राखे ।

सरकारले जनतालाई राहत दिनुपर्नेमा विद्युत्मा कर लगाउने निर्णयले उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने उनले बताए।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताको समस्याहरू बोकेर नेपालको सशक्त पार्टीको रूपमा स्थापित हुने दाबी गरे । अब नयाँको विकल्प फेरि पनि पुरानो हुन नसक्ने भन्दै उनले नयाँको विकल्प नयाँ उज्यालो नेपाल पार्टी मात्रै भएको जिकिर गरे ।

आगामी प्रदेश र स्थानीय निकायको चुनावमा उज्यालो पार्टीले देशभर जरा गाड्ने उनको भनाइ छ । अध्यक्ष घिसिङले रास्वपाको निलो क्रान्ति धेरै नटिक्ने समेत बताए । 

दिगो रूपमा नेपाललाई संस्थागत गर्न अन्तिम विकल्प हरित क्रान्ति भएकाले हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने उनले बताए । 

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ४ : १९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र