नेपाल प्रहरीलाई भारतले दियो ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट « Khabarhub

नेपाल प्रहरीलाई भारतले दियो ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- भारत सरकारले नेपालका सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिका लागि ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट हस्तान्तरण गरेको छ।

वीरगञ्जमा शुक्रबार आयोजित एक कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीणा ले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालालाई शुक्रबार ती हेल्मेट औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका अनुसार उक्त सुरक्षात्मक सामग्रीले नेपालका कानुन कार्यान्वयन गर्ने निकायहरूको कार्यक्षमता तथा सुरक्षालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाल र भारतबीचको सुरक्षा सहकार्य तथा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा समेत जोड दिइएको थियो।

भारतले नेपालका विभिन्न सुरक्षा, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भमा यो सहयोगलाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको निरन्तरताका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ७ : ३१ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी