जुम्लामा मार्सीधान रोपाइँ गरिँदै « Khabarhub

जुम्लामा मार्सीधान रोपाइँ गरिँदै


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जुम्ला – यहाँका किसान यो यामका लागि कालिमार्सी धान रोपाइँमा व्यस्त हुन थालेका छन् । यहाँका आठवटै स्थानीय तहका किसानलाई यतिबेला मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिकाका स्थानीय लक्ष्मी कुमाईँले जानकारी दिए। पछिल्लो समयमा मार्सीधानको चामल बजारमा माग अत्यधिक आउने भएकाले किसानको खेतीप्रति आकर्षण बढेको उनको भनाइ छ ।

मार्सीधान जुम्लामा मात्र उत्पादन हुन्छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातोमार्सी धानको रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताए ।

जिल्लाका प्रसिद्ध चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर क्षेत्रफलमा जुम्ली मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए ।

गत वर्षको कात्तिकदेखि फागुन मसान्तसम्ममा जिल्ला बाहिर करिब १७५ मेट्रिक टन जुम्ली मार्सीधानको चामल बिक्री गरी रु तीन करोड ५० लाख आम्दानी भएको उनले जानकारी दिए।

परम्परागत रूपमा खेती गरिँदै आइएको जुम्ली मार्सीधान उत्पादनमा प्रविधिको उपयोगिता बढाउनसके उपलब्धिमूलक हुने प्रमुख अधिकारीले विश्वास व्यक्त गरे । उनले अनुसार रोगकीराको सङ्क्रमण रोक्न कृषि अनुसन्धान केन्द्रले चन्दननाथ–१ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउनका लागि सिफारिस गरेको छ ।

विभिन्न अध्ययन, अनुसन्धान गरी मार्सी–१८, २० र २२ जातका धान सिफारिस गर्ने तयारी भइरहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । योसँगै उत्पादनमा वृद्धि गर्ने योजनासहित केन्द्र लागिपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ९ : १५ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको