रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी « Khabarhub

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनको मतगणना केहीबेर अघि सुरु भएको हो ।

अबको करिब एक घन्टामा मतगणना सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए । जिल्ला सभापतिसहित पदाधिकारीका सबै पदमा निर्वाचन भएको छ ।

सभापति पदमा नेता सुरेश सापकोटा र राजु शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ । प्रथम जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो ।

काठमाडौँ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधि छनोटका लागि पनि निर्वाचन भएको छ । काठमाडौँका अन्य ९ वटा क्षेत्रका क्षेत्रीय प्रतिनिधि भने सर्वसम्मतरूपमा चयन भएका छन् ।

रास्वपाले शनिबार र आइतबार जिल्ला अधिवेशन तोकेको छ । आज ३८ जिल्लामा अधिवेशन भएको बाँकी २७ जिल्लामा आइतबार अधिवेशन हुनेछ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ ।

यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन हुँदैछन् । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  १० : ०३ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको