बालेनबारे सुदनको कटाक्ष : प्रहरीले बोलाएछ भने हाजिर हुनेछु « Khabarhub

बालेनबारे सुदनको कटाक्ष : प्रहरीले बोलाएछ भने हाजिर हुनेछु


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रमसंस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको नेतृत्व शैलीप्रति टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै किरातीले ‘सम्माननीय प्रधानमन्त्री बालेन शाहको बालापन !’ शीर्षकमा लेखेका छन्। उनले राजनीतिक सिद्धान्तको दृष्टिले असल नेतृत्व व्यक्तिमाथि नभई समस्या र प्रक्रियामाथि केन्द्रित हुनुपर्ने बताएका छन्।

किरातीले जनताले नेतृत्वलाई संयमित, निष्पक्ष र जिम्मेवार रूपमा हेर्न चाहने उल्लेख गर्दै सार्वजनिक आलोचनाभन्दा संस्थागत निर्णय, स्पष्ट निर्देशन र आवश्यक कारबाहीमार्फत सन्देश दिनु नेतृत्वको परिपक्व शैली मानिने धारणा व्यक्त गरेका छन्।

उनले आफ्नो अभिव्यक्तिप्रति प्रतिक्रिया आउन सक्ने संकेत गर्दै ‘यति भन्ने चाहिँ आँट गरे प्रहरीले बोलाएछ भने हाजिर हुनेछु’ भन्ने टिप्पणी पनि गरेका छन्।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १२ : ३३ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ