हरेक वर्ष छोरीको कुमारीत्व परीक्षण गराउँने गायक | Khabarhub Khabarhub

हरेक वर्ष छोरीको कुमारीत्व परीक्षण गराउँने गायक


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकन र्‍यापर तथा कलाकार टीआईले हालै दिएको एक अन्तरवार्तामा आफ्नो छोरीका बिषयमा विवादास्पद बयान दिएका छन् ।

लेडिज लाइक अस नामक पोडकास्टलाई दिइएको अन्तरवार्तामा उनले हरेक वर्ष छोरीको कुमारीत्व परीक्षण गर्ने गरेको बताएका हुन् ।

३९ वर्षीय र्‍यापर टीआईलाई अन्तरवार्तामा उनकी छोरीको बारेमा प्रश्न गरिएको थियो । जसमा अभिभावकको हिसाबमा छोरीसँग कतिको खुलेर कुरा हुन्छ, के उनलाई यौनका बारेमा आवश्यक जानकारी दिनुहुन्छ भनेर सोधिएको थियो । जसमा उनले छोरीसँग सामान्य यौनका कुरा भएपनि हरेक वर्ष छोरीको कुमारीत्व परीक्षण गर्दै आएको बताएका थिए ।

टिआईका अनुसार हरेक वर्ष स्त्री रोग विशेषज्ञद्वारा आफ्नो छोरीको कुमारीत्व परीक्षण गराउँछन् । अन्तरवार्ताका प्रस्तोताले उनको जवाफ सुनेपछि छोरीको निजी बिषयमा यसरी हस्तक्षेप गर्नु उनीमाथि कैदीको झै ब्यवहार हुने बताए ।

तर टिआईले यसो गर्नुको पछाडि कुनै गलत मनसाय नभएको भन्दै आफ्नो सन्तानले सही उमेरमा मात्र यौनका बिषयमा चासो दिउँन् र यसलाई गम्भिरतापूर्वक लिउँन् भन्ने चाहेको बताए ।

टीआईकी ठूली छोरी डीजेह हैरिस १८ वर्षकी मात्र छिन् । उनी अहिले उच्च माध्यमिक तहमा अध्ययन गर्दैछिन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ३ : ०४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको