फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध « Khabarhub

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर– जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । 

घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो । 
 
जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रहरी उपरीक्षक गौतम मिश्रले एकवर्षमा फुल्चोकी क्षेत्रमा हराएका व्यक्तिसम्बन्धी छ वटा सूचना प्राप्त भएका र सबैको सकुशल उद्धार गरिएको जानकारी दिए ।  

गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक बिदामा फुल्चोकी भ्रमणमा आउनेको सङ्ख्या बढेको तर, फर्कने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरैजसो व्यक्ति हराउने गरेको बताए ।  

भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान, अपरिचित छोटो बाटो प्रयोग नगर्न तथा मोबाइल फोन, खानेपानी र आवश्यक सामग्री साथमा राख्न समेत उनले आग्रह गरे ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १२ : ५७ बजे

आर्थिक विधेयकमा संसदीय छानबिन समिति आवश्यक : वर्षमान पुन 

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा

‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ?

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको