अनमोलले ‘को बन्छ करोडपति’ बाट जितेको रकम धुर्मुस सुन्तलीलाई दिने « Khabarhub

अनमोलले ‘को बन्छ करोडपति’ बाट जितेको रकम धुर्मुस सुन्तलीलाई दिने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार अनमोल केसी र भुवन केसीले रियालिटी शो ‘को बन्छ करोडपति’ मा सहभागी भएर जितेको रकम धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका लागि दिने भएका छन् ।

‘शो’ मा सहभागी हुँदै अनमोल केसीले आफूले जितेको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई दिने घोषणा गरेका हुन् ।

अभिनेता राजेश हमालले सञ्चालन गर्ने रियालिटी शो ‘को बन्छ करोडपति’ मा अनमोललाई केही प्रश्न सोधिएको थियो । ती प्रश्नको सही उत्तर मिलाएपछि अनमोल केसीलाई रकमस्वरुप तीन ३ लाख २० हजार चेक हस्तान्तरण गरिएको थियो ।

यता धुर्मुस सुन्तली फाउन्डेसनले पनि क्याप्टेन टिमले सहयोग गर्ने उद्घोष गरेकोमा खुशी व्यक्त गरेको छ । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै धुर्मुस सुन्तली फाउन्डेसनले लेखेको छ, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसलाई सहयोग गर्ने उद्घोषले हामीलाई अझै धेरै हौसला मिलेको छ ।’

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा ३ अर्ब लगानीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको घोषणा गरेको छ । अहिले यसका लागि जुटाइरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ४६ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी