अनमोलले ‘को बन्छ करोडपति’ बाट जितेको रकम धुर्मुस सुन्तलीलाई दिने « Khabarhub

अनमोलले ‘को बन्छ करोडपति’ बाट जितेको रकम धुर्मुस सुन्तलीलाई दिने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार अनमोल केसी र भुवन केसीले रियालिटी शो ‘को बन्छ करोडपति’ मा सहभागी भएर जितेको रकम धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका लागि दिने भएका छन् ।

‘शो’ मा सहभागी हुँदै अनमोल केसीले आफूले जितेको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई दिने घोषणा गरेका हुन् ।

अभिनेता राजेश हमालले सञ्चालन गर्ने रियालिटी शो ‘को बन्छ करोडपति’ मा अनमोललाई केही प्रश्न सोधिएको थियो । ती प्रश्नको सही उत्तर मिलाएपछि अनमोल केसीलाई रकमस्वरुप तीन ३ लाख २० हजार चेक हस्तान्तरण गरिएको थियो ।

यता धुर्मुस सुन्तली फाउन्डेसनले पनि क्याप्टेन टिमले सहयोग गर्ने उद्घोष गरेकोमा खुशी व्यक्त गरेको छ । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै धुर्मुस सुन्तली फाउन्डेसनले लेखेको छ, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसलाई सहयोग गर्ने उद्घोषले हामीलाई अझै धेरै हौसला मिलेको छ ।’

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा ३ अर्ब लगानीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको घोषणा गरेको छ । अहिले यसका लागि जुटाइरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ४६ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै