महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह « Khabarhub

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिएको छ । 

कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न सडक विभागले आग्रह गरेको हो । 

सडक सीमा अतिक्रम गरी निर्माण भएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा ९३० बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने व्यवस्था छ ।  

सडक डिभिजन कार्यालय महेन्द्रनगरले पन्ध्र दिने सूचना जारी गरी सडक सीमा सडक केन्द्रबाट २५-२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सार्वजनिक जमिन खाली गर्न आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले जानकारी दिए ।  

गड्डाचौकीदेखि चिसापानीसम्मको १२६ किलोमिटर खण्डको धेरै ठाउँमा लामो समयदेखि अस्थायी टहरा, प्रतीक्षालय, शौचालयलगायत संरचना निर्माण भएका छन् । 

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  २ : ३९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली