महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह « Khabarhub

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिएको छ । 

कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न सडक विभागले आग्रह गरेको हो । 

सडक सीमा अतिक्रम गरी निर्माण भएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा ९३० बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने व्यवस्था छ ।  

सडक डिभिजन कार्यालय महेन्द्रनगरले पन्ध्र दिने सूचना जारी गरी सडक सीमा सडक केन्द्रबाट २५-२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सार्वजनिक जमिन खाली गर्न आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले जानकारी दिए ।  

गड्डाचौकीदेखि चिसापानीसम्मको १२६ किलोमिटर खण्डको धेरै ठाउँमा लामो समयदेखि अस्थायी टहरा, प्रतीक्षालय, शौचालयलगायत संरचना निर्माण भएका छन् । 

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  २ : ३९ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा