रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा « Khabarhub

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार हुने प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

भोलि बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनको पार्टी  अध्यक्ष रवि लामिछानेले हेटौँडास्थित हिमालय दरबारमा उद्‌घाटन गर्नेछन् ।

उद्‍घाटन कार्यक्रमका लागि मञ्च तयार पार्ने तथा जिल्ला जिल्लाबाट आउने प्रतिनिधिहरूको व्यवस्थापनको काम भइरहेको रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युतम लामिछानेले बताए।

उनका अनुसार अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट एक हजार ४०० प्रतिनिधि सहभागी हुनेछन् । 

अधिवेशनबाट प्रदेश समितिले नयाँ नेतृत्व चयन हुनेछ । 

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ३ : १५ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा