यु-१९ महिला राष्ट्रिय क्रिकेट : कर्णाली लगातार दोस्रोपटक पराजित « Khabarhub

यु-१९ महिला राष्ट्रिय क्रिकेट : कर्णाली लगातार दोस्रोपटक पराजित


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै मधेस प्रदेश विजयी भएको छ । यो हारसँगै कर्णाली लगातार दोस्रोपटक पराजित भएको छ भने मधेसले लगातार दोस्रोपटक जित दर्ता गराएको हो ।

सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका तीनवटै खेल जितेर उपाधिको बलियो दाबेदार बनेको छ । आज कालुङचोक मैदानमा भएको कर्णालीविरुद्धको खेलमा मधेसले नौ विकेटको फराकिलो अन्तरले जित हासिल गरेको हो । पहिलो खेलमा कोशीमाथि जित निकालेको मधेसले लगातार दोस्रो जितसँगै चार अंक जोडेको छ । 

पहिले ब्याटिङ थालेको कर्णालीले चार विकेटको क्षतिमा १०३ रनको लक्ष्य दिएको थियो । मधेसले यो लक्ष्य नौ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । घरेलु मैदानमा कर्णालीका लागि कप्तान तिर्सना विश्वकर्माले नटआउट ४९ रनको पारी खेल्दा उमा चौधरीले ३३ रन जोडिन् । 

कर्णालीकी ओपनर सरिता विष्टले पहिलो ओभरमा एक रन जोड्दै आउट भएपछि दोस्रो ओभरमा ओपनर सोविता शाही साक्षी यादवको बलमा शून्यमा आउट भइन् । कर्णालीका लागि तिर्सना र उमाले १०२ रनको सम्मानजनक योग बनाएका हुन् । अर्धशतक पूरा गर्नबाट एक रनले चुकेकी तिर्सनाले ६५ बलको सामना गर्दा तीन चौकासहित ४९ रन बनाइन् । उमाले ३३ बलमा चार चोकासहित २९ रन जोडिन् ।

जवाफी ब्याटिङमा उत्रिएको मधेसका लागि ओपनरद्वय सना प्रविनले नटआउट ४४ र अलिशा यादवले ४७ रन जोड्दै आठौँ ओभरसम्म साझेदारी गरी जित सुनिश्चित गरेका हुन् । पहिलो खेलमा अर्धशतकीय पारी खेलेकी सनाले २१ बलमा नौ चौका तथा अलिशाले ३३ बलमा आठ चौका र एक छक्कासहित ४७ रन बटुलेर जितको आधार तयार परेका हुन् । 

आजै वीरेन्द्रनगरको खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई आठ विकेट पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ओपनर अञ्जी पाठकको ७६ र आशना चौधरीको २४ रनको मद्दतमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । लुम्बिनीका अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

एकतीस ९३१० रन अतिरिक्त खर्चिँदै कमजोर बलिङ प्रर्दशन गरेको सुदूरका लागि ओपनरले जितका लागि १३२ रनको साझेदारी गर्दै बलियो जग बनाए । पैतालीस बलको सामना गरेकी ‘प्लयेर अफ दी म्याच’ सावित्री धामीले एक छक्का र ११ चौकासहित नटआउट ७६ रन बनाइन् भने करुणा विष्टले चार चौकासहित ४० बलमा ४५ रन बटुलिन् ।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा कोशीमाथि ८९ रनको जितसहित प्रतियोगिताको सुरुवात गरेको सुदूरपश्चिमले दोस्रो खेलमा बागमतीलाई पराजित गरेको थियो । आज तेस्रो जितसँगै सुदूरपश्चिम छ अंक जोडेर शीर्षस्थानमा उल्किएको छ । 

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ४ : २४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका