मैदानमै ढलेका एरिक्सन अस्पतालबाट घर फर्किएपछि भने, ‘मेरो स्वास्थ्य सुधार हुँदैछ’ « Khabarhub

मैदानमै ढलेका एरिक्सन अस्पतालबाट घर फर्किएपछि भने, ‘मेरो स्वास्थ्य सुधार हुँदैछ’


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कोपनहेगन- डेनमार्कका स्टार फुटबलर क्रिस्चियन एरिक्सन मैत्रीपूर्ण फुटबलका क्रममा मैदानमा अचानक ढलेको एक दिनपछि अस्पतालबाट घर फर्किएका छन्।

उनले आफू अहिले परिवारसँग रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी पनि दिएका छन् ।

आइतबार युक्रेनविरुद्धको मैत्रीपूर्ण खेलको ६५औँ मिनेटमा एरिक्सनले अचानक छाती समातेर मैदानमा लडेका थिए।

तत्काल चिकित्सा सहायता पाएपछि उनी आफैँ हिँडेर मैदान बाहिर निस्किएका थिए । उनलाई थप परीक्षणका लागि अस्पताल लगिएको थियो।

सन् २०२१ को युरोपियन च्याम्पियनसिपमा हृदयघात भएपछि उनको शरीरमा ‘इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर’ (आईसीडी) जडान गरिएको थियो।

एरिक्सनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म राम्रो छु र परिवारसँग घर फर्किएको छु। यसपटकको घटना २०२१ मा भएको घटनाभन्दा फरक थियो। मेरो स्वास्थ्य सुधारको प्रक्रिया सुरु भइसकेको छ।’

उनले चिकित्सक तथा मैदानमा सहयोग गर्ने खेलाडी र मेडिकल टोलीप्रति आभार व्यक्त गर्दै आईसीडीले आवश्यक परेका बेला आफ्नो काम गरेको बताए।

हाल एरिक्सन जर्मनीको भीएफएल उल्फस्बर्गबाट व्यवसायिक फुटबल खेल्छन्। उनले अहिले परिवारसँग समय बिताउने, बिदा मनाउने र पूर्ण रूपमा निको हुनेतर्फ केन्द्रित रहेको बताएका छन्।

युक्रेनविरुद्धको खेल एरिक्सनको स्वास्थ्य समस्या आएपछि बीचमै स्थगित गरिएको थियो। त्यसबेला डेनमार्क २–१ ले अगाडि रहेको थियो।

एरिक्सनको स्वास्थ्य अवस्थाबारे शुभकामना व्यक्त गर्नेमा अर्जेन्टिनाका लौटारो मार्टिनेज तथा म्यानचेस्टर युनाइटेडका खेलाडी लुक शा र ह्यारी मग्वायर लगायत छन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ११ : ०२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका