पोल्ने मात्र होइन, रोगसँग लड्ने वनस्पति पनि हो सिस्नो « Khabarhub

पोल्ने मात्र होइन, रोगसँग लड्ने वनस्पति पनि हो सिस्नो



काठमाडौं– धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । 

नेपालमा सिस्नोलाई गरिबिको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो । स्थानीय वनस्पतिको बारेमा छलफल हुँदा सिस्नोलाई सम्झनै पर्छ । 

सिस्नोको अंग्रेजी नाम ‘स्टिगिङ नेटल’ हो । वैज्ञानिक नाम भने ‘अर्टिका डिओइका’ हो । यो ल्याटिन शब्द ‘युरो’ बाट आएको हो । जसको अर्थ बल्नु वा जलाउनु हो ।

यसका पातमा भएका झुसले शरीरको कुनै अंगमा छोयो भने पोल्न थाल्छ । खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन् ।

नेपालमा चाहिँ ‘सिस्नो’ खाने मान्छेलाई हेयको दृष्टिले हेरिन्छ । 

‘सिक्स एभिडेन्स–बेस्ड बेनिफिट्स अफ स्टिगिङ नेटल’ शीर्षकमा प्रकाशित अनुसन्धानमूलक आलेख रियान रमन, हेल्थलाइन डटकम, २१ नोभेम्बर २०१८ ले सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ भनेर उल्लेख गरेको छ । 

त्यस्तै यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र सोडियम लगायतका मिनरल्सहरू पनि पाइन्छन् । यसबाहेक स्वास्थ्यका लागि लाभदायक एमिनो एसिड, क्याफिक एसिड, क्याम्फोरोल, कर्सेटिन आदि पनि पाइने उल्लेख छ। यसमा क्यान्सर प्रतिरोधात्मक गुण पनि पाइन्छ । विभिन्न खालका संक्रमणबाट पनि बचाउँछ । 

पुरुषहरूमा हुने प्रोस्टेड समस्या न्यूनीकरण गर्न पनि फलदायी छ । त्यस्तै रक्तचाप सन्तुलनमा राख्ने र नियमित सेवन गरे मधुमेहलाई समेत सन्तुलनमा राख्छ भनिएको छ । नेपालका पाँचतारे होटलहरूले पनि सिस्नोको सुप महँगोमा बिक्री गर्दै आएका छन् । विदेशीले भने मीठो मानेर खान्छन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ११ : ४० बजे

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : पासाङ दावा शेर्पा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)