विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन « Khabarhub

विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।  

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ भने निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए । 

प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ । त्यस्तै प्रवक्ता पोखरेलले आर्थिक विधेयकमा कुनै चलखेल नभएको भन्दै अर्थमन्त्रीले मेहनत गरेर राम्रो बजेट ल्याएकाले पूर्ण समर्थन रहेको धारणा राखे । 

संसदको अवरोधबाट प्रवक्ता पोखरेलले आवश्यक परेका अवस्थामा प्रधानमन्त्री सदनमा गएर जवाफ दिने उल्लेख गरे । साथै उनले मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १२ : ४० बजे

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो

एजेन्सी– पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १०

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ