स्पेस क्याप्सुलको अन्तरिक्ष केन्द्रमा सफल जडान « Khabarhub

स्पेस क्याप्सुलको अन्तरिक्ष केन्द्रमा सफल जडान


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा– एलोन मस्कको कम्पनी स्पेस एक्सले प्रक्षेपण गरेको ड्रागन नामक स्पेस क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जडान भएको छ । अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष लैजानका लागि प्रयोग हुने स्पेस क्याप्सुलको परीक्षणका लागि ड्रागन क्याप्सुल अन्तरिक्षमा लगिएको हो ।

गत शनिबार अमेरिकाको फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको ड्रागन नामक स्पेस क्याप्सुल १०ः५१ ग्रिनविचको समयमा न्युजील्याण्ड भन्दा केही उत्तर प्रशान्त महासागरभन्दा ४०० किलोमिटर माथि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको हार्मोनी मोज्युलमा स्वचालित रुपमा सफल जडान भएको हो । स्पेस क्याप्सुलमा जडान भएका कम्प्युटर सेन्सरको माध्यमबाट अन्तरिक्ष केन्द्रमा स्वचालित रुपमा आफैँ जडान भएको जनाइएको छ ।

९० किलोग्रामको स्पेस क्याप्सुल अन्तरिक्ष केन्द्रमा जडान हुने बेला अन्तरिक्ष केन्द्रमा रहेका एक अमेरिकी तथा अर्का क्यानेडियन अन्तरिक्षयात्रीले उच्चस्तरको भिडियोमा जडान प्रक्रिया प्रत्यक्ष अवलोकन गरेका थिए ।

स्पेस क्याप्सुल आगामी शुक्रबारसम्म अन्तरिक्ष केन्द्रमा रहने र त्यसपछि पृथ्वीतर्फ फर्किने छ ।

अन्तरिक्ष यात्राका लागि चाहिने आधुनिक स्पेस क्याप्सुलको परीक्षणका लागि स्पेस एक्सले ड्रागन क्याप्सुल बनाएको हो । नासाले यसको परीक्षण सफल भएको औपचारिक घोषणा नगरेसम्म ड्रागन स्पेस क्याप्सुलमा मानिसलाई राखेर अन्तरिक्षमा लैजान नसकिने बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ५५ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ