काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा « Khabarhub

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार निश्चित वर्षामापन केन्द्र आसपास भारी वर्षा भएको हो । आज राति ८ः३० बजेको मापन केन्द्रको अभिलेखअनुसार काठमाडौँसहित, झापा, मोरङ, तनहुँ, दाङ र सुर्खेतमा भारी वर्षा भएको छ ।

काठमाडौँको कपन क्षेत्रमा आज पछिल्लो २४ घण्टामा ५१.८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी झापाको बाहुनडाँगीमा ७७।४ मिलिमिटर वर्षा भएको छ । यस्तै तनहुँमा ५३.२, दाङमा ४८.२ र सुर्खेतमा ५२.८ मिलिमिटर वर्षा भएको छ । यी सबै क्षेत्रमा भारी वर्षा भएको हो ।

मौसम बदली भई ठाउँठाउँमा वर्षा भएकाले आज देशभरको तापक्रम पनि घटेको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । उनका अनुसार आज तापक्रम तराइमा ३९ डिग्रीभन्दा कम तथा काठमाडौँमा २१ डिग्री छ ।

विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको छ । बिहीबार देशभर साधारणतया बादल लाग्ने तथा कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा मध्यमसम्म वर्षा हुने बताइएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थान साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले नेपाल मनसुन प्रवेशको संघारमा रहेको जानकारी दिँदै अबको केही दिनमै मनसुन प्रवेश हुनसक्ने बताए । यसपालि मनसुनमा औषतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ९ : ३३ बजे

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र