विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले « Khabarhub

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ज्ञानमाथि नै प्रश्न उठाएका छन् । 

बिहीबार प्रतिनिधिसभामा बजेटमाथि आफ्नो विचार राख्दै उनले विदेशमा लगानी गर्ने नीति लिने कि देशमा लगानी गर्ने वातावरण बनाउने भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाएका हुन् ।

‘स्वदेशी उद्योगलाई संरक्षण गर्नुको सट्टा कमजोर बनाउने कुरा राष्ट्रहीत अनुकुल हुन सक्दैन’, उनले भने, ‘अर्थमन्त्रीले विदेशमा लगानी गर्ने वातावरण सहज बनाउने कुरा गरिरहनु भएको छ, प्रश्न उठ्छ नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा रहेका नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने रु हामीलाई आवश्यक के हो भन्ने कुरा अर्थमन्त्रीलाई यत्ति ज्ञान हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ ?’

नेपालमा नै उत्पादन हुने औषधिको सट्टा आयातित हुने औषधिलाई बजेटमार्फत सहज गरिएको भन्दै उनले यसको प्रत्यक्ष असर नेपाली औषधि उद्योगमा पर्ने उनले बताए । साथै, नेपालमा झण्डै ५० वटा औषधि उद्योग बन्द हुने अवस्थामा पुगेको पनि उनले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली