विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो « Khabarhub

विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबलको रौनक नजिकिँदै जाँदा राजनीतिक नेताहरू पनि आफूले समर्थन गर्ने टोलीको जर्सीमा सार्वजनिक हुन थालेका छन् ।

यसैक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत रोचक राजनीतिक टिप्पणी गरेका छन् ।

बिहीबार फेसबुकमा फ्रान्स, अर्जेन्टिना र स्पेनको जर्सी लगाएका तस्बिर सार्वजनिक गर्दै बास्कोटाले आफूले विगतदेखि समर्थन गर्दै आएका विश्वकप टोलीहरूको चर्चा गरेका छन् । 

उनले विश्व फुटबलको महाशक्ति मानिने तर पछिल्ला विश्वकपमा संघर्षरत रहेको इटाली फुटबल टिमलाई नेकपा एमालेसँग तुलना गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,’विश्वकपको समूह चरण खास रोमाञ्चक नहोलान्, त्यसपछि मेरो रोजाइ यस्तै छ है यस पटक । सन् १९७६ देखि हेरेको धेरैजसोमा जर्मनी, इटाली, स्पेन र अर्जेन्टिना नै रोजियो। इटाली खै के भो, क्रमशः एमाले भइगो । यसपल्ट १, २, ३ यिनै हुन्। अरूका समर्थक रिसाउन पाइन्न ।  शकीराको दाइ, दाइ झन् रमाइलो। लौ त म पनि ।’

बास्कोटाको टिप्पणीलाई एमालेको पछिल्लो निर्वाचन परिणामसँग जोडेर पनि हेरिएको छ। उनले उल्लेख गरेको ‘इटाली क्रमशः एमाले भइगो’ भन्ने अभिव्यक्तिलाई पार्टीको राजनीतिक अवस्थाप्रतिको व्यंग्यात्मक आत्मसमीक्षाका रूपमा समेत व्याख्या गरिएको छ ।

गत २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले प्रत्यक्षतर्फ अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्दै जम्मा ९ सिट जितेको थियो । 

उता चार पटकको विश्वविजेता इटाली भने लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको थियो । बास्कोटाले यी दुई अवस्थाबीच तुलना गर्दै सामाजिक सञ्जालमार्फत हल्का शैलीमा राजनीतिक कटाक्ष गरेका हुन् ।

विश्वकप फुटबलले खेलप्रेमी मात्र होइन, राजनीतिक व्यक्तित्वहरूलाई समेत आफ्नो रोजाइ सार्वजनिक गर्ने अवसर दिँदै आएको छ । 

बास्कोटाको पछिल्लो अभिव्यक्तिले भने फुटबल र राजनीतिबीचको रोचक समानता खोज्ने बहसलाई सामाजिक सञ्जालमा चर्चाको विषय बनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ३ : १२ बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक