उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट « Khabarhub

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, सङ्घीयता सुदृढीकरण, प्रदेश–सङ्घीय समन्वय तथा आपसी सहकार्यका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले प्रदेश प्रमुख खापुङलाई स्वागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र सङ्घबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी कोशी प्रदेशका प्रदेश प्रमुख खापुङले सङ्घीयता कार्यान्वयनमा प्रदेशको प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय एकता, समावेशिता र संविधानको मर्मअनुसार प्रदेश सरकारको भूमिकाबारे धारणा राखेका थिए।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ३ : १८ बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न