१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत « Khabarhub

१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सर्वस्वीकार्य बनाउन छोटो अवधिका लागि साझा संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

बिहीबार काठमाडौंस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र हालको विशेष महाधिवेशनबाट बनेको संरचनाबीच समन्वय आवश्यक रहेको बताए। उनका अनुसार यस्तो संयन्त्रले पार्टीभित्र बढ्दो अविश्वास र अन्योल हटाउन मद्दत गर्नेछ।

उनले बृहत् एकताको पक्षमा आफू रहेको उल्लेख गर्दै सभापति गगन थापाले यस विषयमा पहल गर्नुपर्ने धारणा राखे। ‘फाट्टफुट्ट भेटघाटले मात्र समाधान हुँदैन, दुवै पक्ष एकै ठाउँमा बसेर संवाद गर्नुपर्छ,’ उनले भने।

महतले तत्काल समाधान खोज्नुपर्ने तीन मुख्य विषय अघि सारेका छन्- १५औँ महाधिवेशनको निष्पक्षता, क्रियाशील सदस्यता व्यवस्थापन, र पार्टी विधान संशोधन।

उनका अनुसार महाधिवेशन निष्पक्ष हुने घोषणा मात्र पर्याप्त हुँदैन, त्यसप्रति विश्वासको वातावरण पनि निर्माण गर्नुपर्छ। क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा केही विवाद देखिएको भन्दै उनले संवादमार्फत समाधान खोज्नुपर्ने बताए। साथै, मृत्यु भएका वा अन्य दलमा गएका सदस्यहरूको विवरण अद्यावधिक गरी डिजिटल प्रणालीमार्फत व्यवस्थापन गर्न सकिने उनको सुझाव छ।

‘अद्यावधिकको विरोध होइन, तर लामो समयदेखि सक्रिय सदस्यलाई केवल प्रक्रियागत कारणले बाहिर राखिनु हुँदैन,’ उनले भने।

त्यस्तै, उनले पार्टी विधान संशोधन पनि दुवै पक्षको सहमतिमा अघि बढाउनुपर्ने बताए।

महतले १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका संरचनालाई समायोजन गरेर छोटो अवधिको साझा संयन्त्र बनाउन सकिने उल्लेख गर्दै यसले आगामी महाधिवेशनलाई सर्वस्वीकार्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

उनले पार्टीभित्र तत्काल बृहत् एकताको आवश्यकता रहेको दोहोर्‍याउँदै कुनै विभाजन वा अलग हुने मनसाय नरहेको स्पष्ट पारे।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ५ : १९ बजे

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई

एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे

काठमाडौं– नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई