डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ « Khabarhub

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ मिलनचोक बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ३३ वर्षीय हिमाल बज्र लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने मकवानपुर मनोहरी गाउँपालिका-३ सुकौरा घर भएका ५१ वर्षीय ज्ञानु बल रहेका छन् ।

रौतहट चन्द्रपुर नगरपालिका-१ स्थित बुढीखोला नजिक सडकमा ३/४ जना अपरिचित व्यक्तिहरूले पीडितको मोबाइल तथा नगद ११ लाख ८३ हजार रूपैयाँ गत वैशाख १३ गते डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ मिलनचोकबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहट पठाइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ६ : १७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,