भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद « Khabarhub

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्र्याइएका छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहीबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रुपमा भित्र्याइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । 

जिल्लाका छ वटा स्थानबाट छ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यसमध्ये इनरुवा–१ बाट चार लाख २७ हजार मूल्य बराबरको  लत्ताकपडा बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।  बर्जु–४ बाट एक लाख पाँच हजार, रामधुनी नगरपालिका–५ बाट रु ३० हजार ९१०, इनरुवा–६ बाट रु ३० हजार, दुहबी–३ र कोशी–५ बाट क्रमश: १० हजार ६९७ र रु १० हजार ५०० मूल्य बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएका सामानलाई कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको छ । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले बताए।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ६ : १५ बजे

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं – फिफा विश्वकप फुटबल–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य,

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका