बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध « Khabarhub

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य, सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न सरोकार भएकालाई अनुरोध गरेको छ ।

परिषद्ले आज विज्ञप्ति जारी गरी बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य, सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न तथा खेलमार्फत बालअधिकारको सम्मान र सुनिश्चितता लागि थप सक्रिय हुन पनि अनुरोध गरेको हो ।

अन्तरराष्ट्रिय खेल दिवसका अवसरमा आफ्नो धारणा व्यक्त गर्दै परिषद्ले भनेको छ, ‘संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा नेपालको संविधान, २०७२ र बालबालिकासम्बन्धी ऐन, २०७५ ले सुनिश्चित गरेको बालबालिकाको विश्राम, मनोरञ्जन र खेलको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न परिवार, विद्यालय, समुदाय तथा राज्यका सबै तहको साझा प्रतिबद्धता र सार्थक रुपमा कार्यान्वयनको आवश्यकता छ ।’

खेल खेल्न तोकिएका स्थान तथा विद्यालयमा सुरक्षित, सम्मानजनक र समावेशी अभ्यासको वातावरणले बालबालिकाविरुद्धको हिंसा, बाल यौन दुव्र्यवहार, विभेद् तथा शोषणबाट बालबालिका सुरक्षित हुन तथा उनीहरूको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने परिषद्को भनाइ छ ।

परिषद्ले सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, समुदाय, विद्यालय, स्थानीय तह तथा सरोकार भएका निकाय तथा संस्थालाई बालबालिकाको संवैधानिक र कानुनी रूपमा खेल्न पाउने अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न पनि आह्वान पनि गरेको छ ।

‘खेल बालबालिकाको आधारभूत अधिकार मात्र नभई उनीहरूको बाँच्न पाउने, संरक्षण, विकास र सहभागितासम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयनको महत्वपूर्ण माध्यम हो’, परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘खेलले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, सामाजिक तथा भावनात्मक विकासमा सकारात्मक योगदान पुर्‍याउनुका साथै उनीहरूलाई आत्मविश्वासी, सिर्जनशील, क्रियाशील र जिम्मेवार नागरिक बन्न सहयोग पुर्‍याउँछ ।’

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ८ : ३८ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी