‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत « Khabarhub

‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।  

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । 

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा विपक्षी सांसदहरूले सांसदहरूले विनियोजन विधेयकमा चालु खर्च र पुँजीगत खर्चमा सन्तुलन नभएको, दीर्घकालीन ऋणको बोझ हटाउनेतर्फ सरकारले बजेटले कुनै ध्यान नदिएको टिप्पणी गरेका थिए भने सत्तापक्ष सांसदहरूले आर्थिक रूपान्तरणका लागि सरकारले ल्याएको बजेट निकै प्रभावकारी भएको जनाएका थिए ।

सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मध्यमवर्गको विस्तारलाई बजेटले प्राथमिकतामा राखेको भए पनि गरिब र कमजोर वर्गलाई नछाडेको बताए । बजेटले सबै क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उनले सुनेको भरमा नभई विनियोजन विधेयक बढेर टिप्पणी गर्न आग्रह गरे । 

सरकारले यस पटक ऋणमा नभई राजस्वमा महत्वाकांक्षी लक्ष्य राखेको उनले बताए । उनले अर्थतन्त्रलाई औपचारिकतातर्फ अघि बढाउनका लागि गरिएको पहलका कारण केही आलोचना भएपछि त्यसपछि समग्रमा मुलुकको नै हित हुने धारणा राखे । 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ३ : ३४ बजे

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बैतडी– घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट