ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला « Khabarhub

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला आज शुक्रबार ललितपुरको सानोपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको छ । 

महिला उद्यमशीलताको प्रवर्द्धन, महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सुरु भएको मेला आज साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा प्रेरणादायी वक्तृत्व, सफल महिला उद्यमीहरूको अनुभव साटासाट, महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रदर्शनी र बिक्री, व्यवसायिक नेटवर्क विस्तार तथा नयाँ अवसरहरूको खोजी सम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन् । 

त्यसैगरी, कार्यक्रममा सहभागी महिला उद्यमीहरूलाई सीप विकास, बजार प्रवर्द्धन तथा उद्यमशीलता विकासका विषयमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ४ : १६ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले