काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो « Khabarhub

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ८ जनामध्ये ४ जनाको पहिचान खुलेको छ । अन्य ४ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमध्ये रोशी गाउँपालिका–७ निवासी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–८ निवासी ६० वर्षीया प्यारीमाया तामाङ र रोशी गाउँपालिका–६ निवासी ७५ वर्षीय इन्द्रबहादुर लोप्चन रहेका छन्। उनीहरू तीनै जना एउटै गाउँपालिकाका बासिन्दा हुन् ।

यस्तै, दुर्घटनामा दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नेपाली सेनामा अमल्दार पदमा कार्यरत रहेको खुलाइएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १६ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते हुनेमा रोशी गाउँपालिका–८ की २२ वर्षीया एनिशा तामाङ, रोशी गाउँपालिका–६ की २० वर्षीया विष्णु डोल्मो तामाङ, धनबहादुर तामाङ, ३० वर्षीय चन्द्र तामाङ, १८ वर्षीया रमिता वाइवा, ४० वर्षीय मनब तामाङ, ६० वर्षीय डम्बरबहादुर शाह, ४३ वर्षीय कृष्णबहादुर तामाङ, बर्दियाको बारबर्दिया नगरपालिका–१२ निवासी २५ वर्षीय सुरेशबहादुर बादी, बनेपा नगरपालिका–३ निवासी ३४ वर्षीय घोया सिंह तामाङ (बस चालक), रोशी गाउँपालिका–२ की ६२ वर्षीया विष्णुमाया लामा तथा तेमाल गाउँपालिका–८ निवासी ४३ वर्षीय मनुराज तामाङ रहेका छन् ।

त्यसैगरी, नामथर नखुलेका करिब ५/६ वर्षका एक बालक, १ वर्षकी एक बालिका, ६०/६२ वर्षका एक पुरुष र २०/२२ वर्षकी एक महिला पनि घाइते भएका छन्। प्रहरीका अनुसार तीमध्ये पुरुष र महिलाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीले मृतकहरूको पहिचान खुलाउने तथा बाँकी घाइतेहरूको विवरण संकलन गर्ने काम जारी रहेको जनाएको छ । साथै, फरार नभई उपचारमा रहेका सबै घाइतेलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ८ : ५४ बजे

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी– पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको