फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४–१ गोलले पराजित « Khabarhub

फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४–१ गोलले पराजित


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिकाले सानदार सुरुवात गरेको छ । आज (शनिबार) बिहान लस एन्जलस स्टेडियममा भएको समूह ‘डी’ को खेलमा पाराग्वेलाई ४–१ गोलले हराउँदै अमेरिकाले विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको हो ।

अमेरिकाका लागि फोलारिन बालोगुनले दुई तथा जियोभानी रेयनाले एक गोल गरेका थिए । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । पाराग्वेका लागि मौरिसियाले सान्त्वना गोल गरे ।

खेलको सातौँ मिनेटमा पाराग्वेका डेमियन बोबाडिल्लाले गरेको आत्मघाती गोलसँगै अमेरिकाले सुरुवाती अग्रता लिएको थियो ।

३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा फोलिरिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए ।

खेलको ७१औँ मिनेटमा पाराग्वेका मौरिसियोले गोल गर्दै खेललाई ३–१ गोलको स्थितिमा ल्याए । तर
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीलाई ४–१ को जित दिलाए ।

यो जितसँगै अमेरिकाले समूह ‘डी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  १० : ५६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था