आबुधावीको प्रशिक्षण लिँदै पारस « Khabarhub

आबुधावीको प्रशिक्षण लिँदै पारस


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टीमका निवर्तमान कप्तान पारस खड्का प्रशिक्षणका लागि यूएई पुगेका छन् । उनी टी-१० लिग टीम आबु धाबीको प्रशिक्षण सामेल भएका छन् ।

पारस आबुधाबीले मंगलबार गरेको पहिलो दिनको प्रशिक्षणमा सामेल भएका हुन् । पारसले टीमका अन्य खेलाडीसँग प्रशिक्षण गरेका थिए । उनी टीममा सामेल हुन सोमबार युएई गएका थिए ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो । पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् ।

पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् । आबुधाबीमा इंग्ल्याण्डका मोइन अली लगायतका खेलाडी छन् ।

टी-१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् । नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टीमले प्रतिस्पर्धा गर्ने छन् ।

१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : ३७ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

राष्ट्रिय झण्डा आधा झुकाइने काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित