छोरी जन्मिए प्रोत्साहन भत्ता ! « Khabarhub

छोरी जन्मिए प्रोत्साहन भत्ता !


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ ।

छोरीप्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवर्द्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम सुरु गरेको हो ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन भएको उक्त कार्यक्रममार्फत २०८२ साउनयता जन्मिएका छोरीका अभिभावकलाई १२ हजारका दरले प्रोत्साहन रकम वितरण गरिने जानकारी दिइन् ।

‘छोरी जन्म प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी बालिका जन्मप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ’, उनले भनिन्, ‘छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार चालु आव २०८२र८३ मा विनियोजित बजेटमार्फत कार्यक्रम कार्यान्वयन थालिएको छ ।’

छोरी जन्मप्रति सकारात्मक सोच विकास गर्नुका साथै बालिकाको संरक्षण, शिक्षा र सशक्तीकरणमा टेवा पुर्‍याउनु रहेको जनाइएको छ ।

सो कार्यक्रमअन्तर्गत २०८२ साल साउन १ गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार ७ गतेसम्म आवेदन पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ११ : १६ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा