वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो « Khabarhub

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर थप घट्ने भएको छ । 

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार ७ वटा बैंकहरूले जेठ महिनाको तुलनामा असारका लागि ब्याजदरमा कटौती गर्दा वाणिज्य बैंकमा मुद्दतिर्फको औसत ब्याजदरमा गिरावट हुने भएको हो ।

असार महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगततर्फको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ, जुन जेठको ४.३४ प्रतिशतको तुलनामा ०.०७ प्रतिशतले कम हो । त्यसैगरी, संस्थागततर्फको औसत ब्याजदर पनि ३.२० प्रतिशतबाट ०.०२ प्रतिशतले घटेर ३.१८ प्रतिशत पुगेको छ ।

विवरण अनुसार २० वाणिज्य बैंकहरू मध्ये १३ वटा बैंकले भने असारका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् । कृषि विकास, एभरेष्ट, नेपाल, नेपाल एसबीआई, ग्लोबल आइएमई, सिटिजन्स, प्रभु, माछापुच्छ्रे, सिद्धार्थ, नबिल, सानिमा, राष्ट्रिय वाणिज्य र एनआइएमबी बैंकले असार महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर स्थिर राखेका छन् ।

तर, असारका लागि लक्ष्मी सनराइज र एनआइसी एशिया बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै ०.५० प्रतिशत बिन्दुले कटौती गरेका छन् । 

यी दुवै बैंकको व्यक्तिगत ब्याजदर ४.५० बाट घटेर ४ प्रतिशतमा झरेको छ । एनआइसी एशियाले संस्थागततर्फ पनि ०.५० प्रतिशतले नै ब्याजदर घटाएर ३ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, हिमालयन बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाएर क्रमशः ४ प्रतिशत र ३.५० प्रतिशत कायम गरेको छ । 

प्राइम बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ४ प्रतिशत बनाएको छ भने कुमारी बैंकले ०.०६ प्रतिशत र एनएमबि बैंकले ०.०५ प्रतिशतले व्यक्तिगत ब्याजदर घटाएका छन् ।

स्ट्याण्डर्ड चार्टर्डले भने व्यक्तिगततर्फ ०.०५ प्रतिशतले ब्याजदर घटाएर ३.९५ प्रतिशत कायम गर्दा संस्थागततर्फ भने ०.२७ प्रतिशतले वृद्धि गरी २.७५ प्रतिशत पुर्‍याएको छ ।

सामान्यतया बजारमा तरलता उपलब्धताको तुलनामा कर्जा माग कम हुँदा मुद्दती निक्षेपको ब्याजदरमा निरन्तर गिरावट आएको देखिन्छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  २ : १६ बजे

चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’

काठमाडौं- फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको नेकपा

 प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ