विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित « Khabarhub

फिफा विश्वकप

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६ मा उत्कृष्ट सुरूवात गरेकाे छ । जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ गोलले पराजित गरेको हाे ।

ह्युस्टन स्टेडियममा सम्पन्न समूह ‘ई’ को खेलमा जर्मनीले खेलको सुरुदेखि नै दबदबा बनाएको थियो । यद्यपि पहिलो पटक विश्वकपमा उत्रिएको कुरासाओले पनि साहसिक प्रदर्शन गर्दै एक गोल गर्न सफल भयो ।

खेलको सुरुवातमै छैटौं मिनेटमा जर्मनीले गोल गर्दै अग्रता लिएको थियो । त्यसपछि २१औं मिनेटमा कुरासाओले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याएको थियो ।

तर जर्मनीले पहिलो हाफमै पुनः खेल आफ्नो पक्षमा ल्यायो । ३८औं मिनेटमा हेडरमार्फत अर्को गोल गर्दै अग्रता लिएको जर्मनीले पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत थप गोल गर्दै ३–१ को अग्रता बनायो ।

दोस्रो हाफमा जर्मनी अझ आक्रामक देखियो । ४७औं मिनेटमा गोल गर्दै अग्रता बढाएको जर्मनीले ६८औं र ७८औं मिनेटमा थप दुई गोल गर्दै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो ।

कप्तानले दुई गोलमा सहयोग गर्दै उत्कृष्ट प्रदर्शन गरे। यो जितसँगै जर्मनीले समूह ‘ई’ मा ३ अंक जोडेको छ। जर्मनीले अब अर्को खेल आइभरी कोस्टसँग खेल्नेछ भने कुरासाओले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ०७ बजे

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय