विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा « Khabarhub

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले उत्कृष्ट प्रदर्शन गर्दै ट्युनिसियामाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ।

स्वीडेनका लागि डेब्यु खेलाडी यासिन आयारीले उत्कृष्ट दुई गोल गरेपछि टोलीले विश्वकपमा सुखद सुरुआत गरेको हो।

स्वीडेनलाई जिताउन आयारीको दुई गोलबाहेक माथियास स्वानबर्ग, भिक्टर ग्योकेरेस र अलेक्जेन्डर इसाकले समान १-१ गोल थपे। ट्युनिसियाका लागि खेलको पहिलो हाफ सकिनुअघि करिम रेकिकले एक गोल फर्काए पनि त्यो टोलीको पुनरागमनका लागि पर्याप्त हुन सकेन।

स्वीडेनका लागि डेब्यु गरेका युवा मिडफिल्डर यासिन आयारी खेलको मुख्य आकर्षण बने। उनले पहिलो गोलमा सामान्य खुसीयाली मनाए पनि दोस्रो गोलमा भने सानदार प्राविधिक कौशल देखाउँदै बललाई पोस्टको तल्लो कुनामा भित्र्याएपछि मैदानमा निकै उत्साहका साथ खुसीयाली मनाएका थिए।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ५९ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता