बंगलादेशी राष्ट्रपति हमिदसँगको शिष्टाचार भेटवार्ताका लागि यस्तो छ कार्यतालिका | Khabarhub Khabarhub

बंगलादेशी राष्ट्रपति हमिदसँगको शिष्टाचार भेटवार्ताका लागि यस्तो छ कार्यतालिका


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बुधबार) देखि उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारक मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणमा आएका हमिदले अपरान्ह साढे ४ बजे राष्ट्रपति भण्डारीलाई भेट्नेछन् ।

अपराह्न साढे ४ बजेदेखि ५ बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने छ । बुधबार राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

रात्रिभोजअघि बुधबार अपराह्न सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ बजेर ४० मिनेटमा बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

त्यस्तै बिहान सवा ११ बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हमिदसँग शिष्टाचार भेट गर्ने छन् ।

समृद्धमा सहयोग

राष्ट्रपति हमिदसँग मङ्गलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गरे । शिष्टाचार भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको थियो । बङ्गलादेशका राष्ट्रपति हमिदले नेपालको न्यानो स्वागतका लागि नेपाली जनता र सरकारलाई धन्यवाद दिएका थिए ।

भेटका अवसरमा नेपालको पर्यटन, लगानी र आपसी सहकार्य गर्न सकिने विषय र यसअघि भइरहेका सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको जानकारी परराष्ट्रमन्त्री ज्ञवालीले दिए ।

मन्त्री ज्ञवालीले राष्ट्रपति हमिदलाई आगामी अप्रिलमा नेपालले सगरमाथा संवाद र जलवायु परिवर्तनको समस्या समाधान गर्न मिलेर सहकार्य गर्नका निम्ति आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : १० बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको