इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल « Khabarhub

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने समझदारीमा पुगेका छन् । दुई मुलुकका प्रतिनिधिबीच आगामी शुक्रबार स्विट्जरल्याण्डमा द्वन्द्व अन्त्यका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस समझदारीलाई दुबै पक्षले जितका रुपमा अथ्र्याएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साझदारीसँगै इरानमाथिको समुद्री नाकाबन्दी अन्त्य हुने घोषणा गरेका छन् । उनले स्ट्रेट अफ हर्मुज पनि खुला हुने जनाएका छन् । उनले हर्मुज स्ट्रेटबाट आवतजावत गर्ने पानीजहाजले कुनै शुल्क तिर्नुनपर्ने पनि उल्लेख गरेका छन् ।

इरानी फौजको खताम अल अन्बिया केन्द्रीय मुख्यालयले दुश्मनहरुलाई ‘आत्मसमर्पण गर्न बाध्य पारेको’ टिप्पणी गरेको छ । इरानको राज्यसञ्चालित इर्ना समाचार संस्थाले ‘सहनशील र गौरवशाली इरानी जनता’ को प्रसंशा गर्दै अमेरिकी र ‘जायोनी दुश्मन’ लाई लज्जास्पद रुपमा हार स्वीकार्न र आत्मसमर्पण गर्न बाध्य पारेको जनाएको छ । इजरायली अस्तित्व स्वीकार नगर्ने इरानले इजरायलका लागि ‘जायोनी दुश्मन’, ‘जायोनी सत्ता’ वा ‘जायोनी एकाई’ जस्ता शब्द प्रयोग गर्छ ।

यससँगै इरानी विदेशमन्त्री अब्बास अराघचीले टर्की, इराक र इजिप्टका समकक्षीसँगै टेलिफोन संवाद गरेका छन् । पछिल्लो समय विकसित क्षेत्रीय घटनाक्रमबारे छलफल गर्न विदेशमन्त्री अराघचीले टेलिफोन संवाद गरेको अल जजीराले उल्लेख गरेको छ ।

इरानको राष्ट्रिय सुरक्षा परिषदले यस समझदारीसँगै लेबनानसँगै सबै मोर्चामा तत्काल र स्थायी रुपमा लडाईं रोकिने जनाएको छ । साझदारीसँगै तेहरानका सडकमा मानिसहरुले मिश्रित प्रतिक्रिया दिइरहेको अल जजीराले जनएको छ । एकथरी मानिसहरु शान्ति कायम हुनेमा आशावादी रहेको तर यसअघि पनि अमेरिकाले बारम्बार आफ्नो बाचा पूरा नगरेकाले केही मानिसहरुले भने अझै अविश्वास जनाइरहेका छन् ।

लडाईं अन्त्य हुने भनिएको लेबनानमा भने अझै पनि अन्यौलता रहेको अल जजीराले जनाएको छ । इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमाार बेन ग्भिरले ‘ट्रम्पको सम्झौता’ मा आफूहरु आबद्ध नरहेको टिप्पणी गरेका छन् । आफ्नो मुलुक अमेरिकाको मातहत नरहेको भन्दै उनले सुरक्षा प्रत्याभूत गर्न नसक्ने सम्झौतामा आफूहरु संलग्न नरहेको प्रष्ट पारेका हुन् ।

इजरायलले विगत लामो समयदेखि दक्षिणी लेबनानमा इरान समर्थित शिया लडाकु समूह हेज्बोल्लाहविरुद्ध युद्ध लडिरहेको छ । मन्त्री ग्भिरले हेज्बोल्लाहलाई पूर्ण रुपमा विघटन नगरेसम्म आफूहरुको युद्ध जारी नै रहने जनाएका छन् ।

त्यस्तै, इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले पनि इरान र अमेरिकाबीचको सम्झौता इजरायल र स्वतन्त्र विश्वका लागि खराब भएको टिप्पणी गरेका छन् । उनले अमेरिका र इजरायलले सञ्चालन गरेको सैन्य कारवाहीले इरानलाई कमजोर बनाएको त्यो खेर नजाने जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै स्मोट्रिचले सत्ता परिवर्तन गर्ने आफूहरुको अभियान ‘सिर्जनात्मक रुपमा’ जारी नै रहने र इरानले कुनै हालतमा आणविक हतियार प्राप्त नगर्ने उल्लेख गरेका छन् ।

कतारी मध्यस्थकर्ताहरुले इरान र अमेरिकी प्रतिनिधिहरुबीच महत्वपूर्ण विमती अन्त्यका लागि दोहामा बेग्लै वार्ता हुने जनाएका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ३ : ३७ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,