इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी « Khabarhub

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको खुलासा गरेका छन् । फ्रान्समा जारी जी–सेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटवार्तामा राष्ट्रपति ट्रम्पले उक्त सम्झौताको विवरण “निकै चाँडै” सार्वजनिक गरिने बताएका हुन् ।

“सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको कुरा सुनाउन पाउँदा मलाई निकै खुसी लागेको छ,” ट्रम्पले बैठकका क्रममा भने । अमेरिकी वरिष्ठ अधिकारीहरूका अनुसार आगामी शुक्रबार जेनेभामा यस सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिनेछ र सोही दिनदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारका लागि पुनः खुला गरिनेछ ।

यस हप्तादेखि इरानको आणविक कार्यक्रममाथि प्राविधिक छलफल सुरु हुने बताइएको छ । सम्झौता अनुसार इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै उसमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गरिने र रोक्का गरिएका सम्पत्ति फुकुवा गरिने अमेरिकी अधिकारीले प्रष्ट पारेका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सीएनएनसँग कुरा गर्दै अमेरिका र इरानबीच भएको समझदारी पत्र करिब डेढ पानाको सामान्य दस्ताबेज भएको जानकारी दिए । भान्सका अनुसार सम्झौताको पहिलो बुँदामै इरानले “क्षेत्रीय शान्ति र स्थिरता” प्रति प्रतिबद्ध रहने र आतङ्कवादी संगठनलाई आर्थिक सहयोग रोक्ने उल्लेख छ । “सबैभन्दा महत्त्वपूर्ण कुरा, इरानले आणविक हतियार निर्माण नगर्ने विषय यसमा प्रमाणित हुने गरी प्रतिबद्धता जनाएको छ,” भान्सले भने । बाँकी प्राविधिक र विस्तृत विषयहरू आगामी वार्ताका चरणहरूमा टुङ्ग्याइने उनले बताए ।

यो प्रारम्भिक सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरिसकेका छन् ।

यस सम्झौताले तत्कालका लागि युद्धविरामलाई थप ६० दिनका लागि बढाउनेछ, जस अवधिमा दुवै पक्षले अन्तिम सम्झौताको विस्तृत बुँदाहरूमाथि वार्ता गर्नेछन् । यो कूटनीतिक सफलताको घोषणा आइतबार मध्यस्थकर्ताको भूमिका निभाएको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले गरेका थिए । सरिफका अनुसार यस सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा बन्द गर्ने सहमति समावेश छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ६ : ४० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको