स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन « Khabarhub

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदाधिकारीहरू पदपूर्तिको प्रक्रिया अघि बढाएको छ ।

दुई साता अघि पदपूर्ति सम्बन्धी प्रक्रिया अघि बढेको भन्दै आवेदन माग गरेको मन्त्रालयले आकस्मिक रुपमा तीन दिन पछि रद्द गरेको थियो । यस पटक भने मुख्य मुख्य पदाधिकारीको लागि मात्रै आवेदन माग गरिएको छ ।

आवेदन माग गरिएका पदहरूमा नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य ७ र सदस्य सचिव १ जना, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदमा आवेदन माग गरिएको छ ।

यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल फार्मेसी परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन माग गरिएको छ । यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनौट सिफारिस र नियुक्ति सम्बन्धी कार्यविधि – २०८३
यस पटक धेरै परिषद्हरुमा सदस्यहरूको आवेदन खोलिएको छैन । मुख्य पदाधिकारीहरू नियुक्त भरसके पछि उनीहरूको सिफारिस बमोजिम नयाँ सदस्यहरू तोक्ने तयारीमा मन्त्रालय रहेको बुझिएको छ ।

मन्त्रालयले उल्लेखित पदहरूमा १० दिन भित्र आवेदन गर्न भनेको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ११ : १६ बजे

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता