सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’ « Khabarhub

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ पसिना देशमै हाँसेर’ अभियान सञ्चालन गर्ने भएको छ ।

सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

स्वदेशमै सीप, श्रम र सिर्जनशीलताको सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्री धामीले बताए । 

सो अभियानअन्तर्गत कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढाई उद्यमशीलता प्रवर्द्धन गर्न कृषि अध्ययन गरेका तथा विदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

उक्त कार्यक्रम सञ्चालन गर्न दुई करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । प्रदेश सरकारले ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊ’ अभियानलाई पनि निरन्तरता दिइने छ । 

सो अभियानलाई निरन्तरता दिन बालविवाहविरुद्धको अभियान सञ्चालनका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले विपन्न, दलित, मुक्त कमैया, मुक्त कमलरी, मुक्त हलिया, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालगायत लक्षित वर्गको सशक्तीकरण र आधुनिक उत्थानका लागि निःशुल्क जीविकोपार्जन लक्षित कार्यक्रम सञ्चालन गर्नेछ ।

निःशुल्क जीविकोपार्जन लक्षित कार्यक्रम सञ्चालनका लागि तीन करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री धामीले बताए । 

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : ४१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच