सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत « Khabarhub

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत र बित्तिय प्रगति २८ प्रतिशत पुगेको जनाएको हो । 

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले पुरातत्त्व विभागको समन्वयमा रेट्रोफिटिङको कार्य भइरहेको बताए । 

उनले सिंहदरबारभित्र कामदारको प्रवेश, सामाग्री ढुवानी र व्यवस्थापन र स्थानान्तरणमा कठिनाइ देखिएकाले रेट्रोफिटिङको कार्यमा केही ढिलाइ भएको जानकारी दिए । 

आयोजना निर्देशक श्रेष्ठले रेट्रोफिटिङ अन्तर्गत जटिल कार्य सम्पन्न भएपनि अझै धेरै काम बाँकी रहेकाले निर्माण आयोजनासँग समन्वय समेत भइरहेको उल्लेख गरे । निर्माण व्यवसायीले सन्तोषजनक रुपमा नै काम गरिरहेकाले प्राविधिक जटिलताहरूलाई हल गर्ने प्रयास भइरहेको उनको भनाइ छ । 

बैठकमा समिति सदस्यहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्त्विक स्वरूप झल्किने गरी पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । ग्यालरी बैठक भवनको रेट्रोफिटिङका लागि २०८१ साल जेठ ६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

सुरु सम्झौता बमोजिम २०८२ मंसिर ६ गतेसम्म रेट्रोफिटिङ सम्पन्न गर्नुपर्नेमा काम सम्पन्न नभएपछि २०८३ मंसिर १ गतेसम्म म्याद थप गरिएको आयोजना निर्देशक श्रेष्ठले बताए ।  

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १ : ३७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली